काठमाडौं। ग्रामी अवार्डको मनोनयनमा पहिलोपटक नेपाली कलाकार परेका छन्। चर्चित नेपाली ब्याण्ड १९७४ एडीका पूर्वसदस्य तथा बाँसुरी वादक मनोज सिंह संगीत विधाको सबैभन्दा ठूलो ग्रामी अवार्डको मनोनयनमा परेका हुन्।
उनी संलग्न देवा प्रेमलको ‘देवा’ एल्बम ग्रामीको ‘वेष्ट न्यू एज’ एल्बम विधातर्फ मनोनयमा परेको मनोजले फेसबुकमार्फत् जानकारी गराएका छन्।
सांगीतिक समूह सुकर्मका संस्थापक सदस्य समेत रहेका मनोजले १९७४ एडीका ‘सम्झी बस्छु’, ‘पिंजडाको सुगा’ जस्ता चर्चित गीतमा बाँसुरीवादन गरेका थिए। जुन धेरै स्रोताको मन मुटुमा बस्न सफल भएको थियो।
मनोजले ग्रामी मनोनित संगीतकार उत्तल, जोन डेन्समोर, उस्ताद अलि अकबर खान, तबलावादक स्वपन चौधरी, पिटर रोवानलगायतका विश्व प्रसिद्ध संगीतकारहरूसँग काम गरिसकेका छन्। हाल अमेरिकामा बस्दै आएका उनले पच्चीसभन्दा बढी देशमा आफ्नो बाँसुरीको धुन फैलाइसकेका छन्।
प्रेमल र मिटेनसँग मनोजले यसअघि सोल इन वन्डर, डिपर लाइफ, मन्त्रज फर लाइफलगायतका एल्बममा बाँसुरीवादन गरेका थिए। २०२० जनवरीमा सम्पन्न हुने ग्रामी अवार्डको ६२औं संस्करणबाट विजेता घोषणा गरिनेछ।