काठमाडौं। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभूति गर्न अझैं दुई/तीन वर्ष लाग्ने बताएका छन्।
जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आज चितवनमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिंदासम्म संघीयताको अनुभूति गर्न नसकिने बताएका हुन्।
त्यसका लागि अझैं दुई/तीन वर्ष लाग्ने उनले बताए। उनले प्रदेश सरकारले राम्रा योजनाहरू कार्यान्वयन गरिरहेको उल्लेख गर्दै त्यसको प्रतिफल आउन समेत समय लाग्ने बताए।
मुख्यमन्त्री पौडेलले प्रदेशमा कर्मचारी अभाव रहेकाले विकास निर्माणका कामहरू प्रभावित भएको समेत बताए। प्रदेश भेलाले १३ बुँदे घोषणा पत्र जारी गरेको छ।