काठमाडौं। बुद्ध एअरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आउँदो १ डिसेम्बरदेखि विराटनगर र भद्रपुरबाट काठमाडौं तथा पोखराका लागि उडान भर्ने तयारी रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतले परीक्षणस्वरुप यस्तो उडान छ महिना सञ्चालन गर्ने र कम्पनीले नोक्सान व्यहोर्नुपर्ने स्थिति नभएमा सँधै सेवा सञ्चालन गरिने बताए। नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन प्रदेश सरकारको आग्रहमा यो सेवा सञ्चालनमा ल्याउँदा आन्तरिक र बाह्य पर्यटकलाई विशेष फाइदा पुग्ने निर्देशक बस्नेतको भनाइ थियो । शुरुमा हप्तामा तीन दिन सो सेवा सञ्चालन गर्ने बस्नेतले बताए।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै सेवामा आमनागरिकको पहुँच पुर्याउनु समृद्धिको शुरुआत भएको बताए । उनले बुद्ध एअरको प्रादेशिक सेवालाई दिगो र प्रभावकारी बनाउन प्रदेश सरकारले भूमिका निर्वाह गर्ने भन्दै विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने जानकारी दिए । विराटनगर विमानस्थलको धावनमार्ग दुई हजार ४०० मिटर बनाउन प्रदेश सरकारले पहल गरिरहेको पनि उनको भनाइ थियो ।