काठमाडौंमा आजदेखि चीन-तिब्बत-नेपाल व्यापार मेला

काठमाडौं। आजदेखि काठमाडौंमा चीन-तिब्बत-नेपाल आर्थिक तथा व्यापार मेला हुँदैछ।

चीनको वाणिज्य मन्त्रालय व्यापार विकास विभाग तथा चीनकै स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड च्याम्बरको आयोजना र नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा आर्थिक तथा व्यापार मेला हुन लागेको हो।

मेलामा तिब्बतका ५० भन्दा बढी व्यापारिक कक्षमा विद्युतीय सामग्री, खाद्यान्न, लत्ताकपडा, छालाका सामान, पेय पदार्थ, श्रृंगार सामग्री, सजावटका सामान तथा दैनिक उपभोग्य वस्तु प्रदर्शनमा राखिने तिब्बत बोर्डर ट्रेड च्याम्बरका अध्यक्ष लापा तिङ्लीले बताए।

मेलाको माध्यमबाट दुई देशबीचको व्यापारिक क्रियाकलाप वृद्धि भई शताब्दीऔँ पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध प्रगाढ हुने आयोजकको विश्वास छ। रासस

प्रतिक्रिया दिनुहोस्