लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश विजी
काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजी निर्वाचित भएका छन्।

पोखरामा सम्पन्न सातौं महाधिवेशनमा भएको मतदानको मतपरिणाम अनुसार विजीले ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी विष्णु खत्रीले ५४५ मत ल्याए।

खत्री यसपटकसमेत लगातर तीन पटक अध्यक्षमा पराजित भएका छन्। अध्यक्षमा विजयी रमेश विजी निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा गायिका रीता थापामगर निर्विरोध चुनिएकी छिन्।

प्रथम उपाध्यक्षमा गायक पशुपति शर्मा, द्वितिय उपाध्यक्षमा रामजी खाँड निर्विरोध निर्वाचित भए। महिला उपाध्यक्षमा गायिका राधिका हमाल पुन पुनः निर्विरोध भएकी छिन्।

प्रतिष्ठानको नयाँ महासचिवमा सुवास केसी, उप–सचिवमा शंकर वीसी र शिव हमाल निर्वाचित भएका छन्। सांगठनिक सचिवतर्फ खुमन अधिकारी निर्विरोध चयन भएका छन्।

महिला सचिवमा जमुना राना मगर निर्विरोध निर्वाचित भएकी छन्।

कोषाध्यक्षमा राजु ढकाल विजयी भए।

सह–कोषाध्यक्षमा पूर्णकला बीसी चयन भएकी छन्। सह–कोषाध्यक्षमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन्।

सचिवमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जीसी, वसन्त थापा र पुष्कल शर्मा निर्वाचित भए।

एक हजार ३४८ कूल मतदातामा एक हजार १३७ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्