काठमाडौं। ह्याण्डी क्राफ्ट (काँस तथा पित्तलका सामान) चोरीमा संलग्न भएको आरोपमा चार जना काठमाडौंबाट पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले १२ लाख मूल्य बराबरको काँस तथा पित्तलका सामाग्री बरामद गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौं महानगरपालिका–१५ जनमार्गबाट सामान चोरी गर्ने काभ्रेका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई गएराति पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनीहरुले काठमाडौं महानगरपालिका–१५ चमतीमा रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेका थिए । प्रहरीका अनुसार उनीहरुको साथबाट काँसको जस्तो देखिने घण्टी ४४५ थान, काँस र पित्तलजस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, चारसिङ्गे एण्डी ११५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद भएको छ ।