सार्वजनिक सवारी चालकको हातमा भ्रमण वर्षको सफलताः पर्यटनमन्त्री भट्टराई <p>काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहार नेपाल भ्रमण वर्ष २०२० को सफलतासँग गाँसिएको बताएका छन्।&nbsp;</p> <p>नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आयोजना गरेको सार्वजनिक यातायातका चालक तथा सह चालकहरुलाई पर्यटक तथा यात्रुमैत्री व्यवहार तालिममा पर्यटनमन्त्री भट्टराईले ट्याक्सी चालकहरूले पर्यटकसँग गर्ने व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताए।&nbsp;</p> <p>&ldquo;सरकारले सन् २०२० मा २०&nbsp;लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्छन्&rdquo;, मन्त्री भट्टराईले भने।&nbsp;</p> <p>भ्रमण वर्ष&ndash; २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधनका चालकहरुले पर्यटकलाई आकर्षित गर्न पर्यटक तथा यात्रुमैत्री व्यवहारसम्बन्धी सीप प्रबद्र्धनका लागि एक हजार जना ट्याक्सी चालकहरुलाई तालिम दिइएकोे नाथमले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्