काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका-९ रानाछापका महेश रानाभाटको घरबाट साढे नौ लाखभन्दा बढी रूपैयाँसहित २३ जुवाडे पक्राउ परेका छन्।
गएराति १ बजे नौ लाख ५७ हजार ८७० रूपैयाँ नगद र एक सेट कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा-३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा-२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा–४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका-७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा-११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका-५ का ३७ वर्षीय रामप्रसाद चौलागार्इं, पाँचखाल नपा-७ का अच्युत चौलागाई, महाभारत गाउँपालिका-३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी छन्।
यस्तै, गोरखाको सिरानचोक गाउँपालिका–५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका–७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका–१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका–४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा–२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा–६ का २८ वर्षीय भुवन बलामी र सोही नपा–७ का ३५ वर्षीय बसुन्धरा केसीलाई पक्राउ गरिएको छ।
उनीहरुलाई अदालतबाट आजै म्याद थप गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। रासस