नेपालले कोप-२५ मा कार्बन व्यापारको विषय उठाउने
काठमाडाैं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५) मा नेपालले कार्बनको व्यापारसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ।

कोप–२५ यही १६-२७ मंसीर (२-१३ डिसेम्बर)सम्म स्पेनको म्याड्रिडमा  हुँदैछ।

कोप–२५ चिलीको सान्टियगोमा तय भएकाेमा त्यहाँको राजनीतिक अस्थिरताका कारण स्पेनको म्याड्रिडमा सारिएको हो।

सम्मेलनको अध्यक्षता चिलीले नै गर्नेछ ।

सम्मेलनको तयारीका लागि नेपालले जलवायु परिवर्तनसम्बन्धी सरकारी तथा गैरसरकारी सरोकारवालासँग विभिन्न चरणमा छलफल गरी अवधारणापत्र (स्टाटस पेपर) तयार गरेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जानकारी दिए।

जलवायु परिवर्तनकाे असरका कारण नेपालका हिमशिखर पग्लने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने तथा परिणामस्वरूप बाढी, पहिरो, मरुभूमिकरण र खडेरीजस्ता प्रभाव देखिने गरेका छन्।

सो अवधारणापत्रमा नेपालको समग्र जलवायु परिवर्तनको अवस्था, अनुकूलन र न्यूनीकरणमा नेपालले खेल्नुपर्ने भूमिका, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न बढीभन्दा बढी आर्थिक सहयोग कसरी जुटाउने, कोप २५औँ सम्मेलनमा बोल्नुपर्नेलगायत विषय समेटिएका छन्।

यो सम्मेलन अहिले जलवायु परिवर्तनका क्षेत्रमा देखिएका नकारात्मक प्रभाव वा जोखिमलाई न्यूनीकरण गर्न र यसकाे परिवर्तनबाट अनुकूलित समाजको निर्माण गर्दै मानव जीवनलाई उत्थानशील समाजका रूपमा परिवर्तन गर्न महत्त्वपूर्ण रहेको कोप–२५ का लागि नेपालका सम्पर्क अधिकृतसमेत रहेका ढकालले बताए।

साथै कोप–२१ ले पारित गरेको पेरिस सम्झौता (पृथ्वीको तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने र त्यो नसके दुई डिग्रीभन्दा बढ्न नदिने भनिएको थियो)लाई कार्यान्वयन गर्नका लागि योजना पेश गर्न पनि कोप–२५ महत्त्वपूर्ण छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्