काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। ९ मंसीरमा पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट बिजी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रतिद्वन्द्वी विष्णु खत्रीलाई ३९ मतान्तरले पराजित गरेका बिजीले ५८४ मत ल्याए भने खत्रीले ५४५ मत प्राप्त गरे। अहिले पोखरामा रहेका नवनिर्वाचित अध्यक्ष बिजीसँग देखापढीका कृष्णसिंह धामीले गरेको कुराकानीको सारसंक्षेपः
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बन्नुभो, तपाइँका योजना के छन् ?
प्रतिष्ठानको भवन निर्माणलगायत अधुरा रहेका काम पुरा गर्नु छ। मुख्यतः हामी नेपाली लोक गीत संगीतलाई सुसंस्कृत बनाउने काममा लागिपर्नेछौं। कलाकारहरू उमेर छँदासम्म गाउने–रमाउने र बुढेसकालमा पीडाबोध हुने अवस्थाबाट थोरै भए पनि राहत मिलोस् भनेर जीविकोपार्जनका पहल गर्नेछौं।
पुराना सजर्कका सिर्जनाहरूलाई बचाईराख्न पनि काम गर्छौं। यसबाहेक लोक गीत संगीतमा देखिएका विकृति र विसंगति हटाउन तथा सुधारमा लाग्ने योजना छ।
पछिल्लो समय लोक–दोहोरी गीतमा छाडापन बढ्दै गएको गुनासो सुनिन्छ नि?
प्रतिष्ठानले अहिले पनि यसलाई कसरी रोक्न सकिन्छ भनेर काम गरिरहेको छ। समाजमा नपच्ने खालका गीत हटाउन हामीले नैतिक रूपमा पनि दबाब दिइरहेका छौं। कतिपय त्यस्ता गीत बन्द पनि गरिएको छ। तर, प्रतिष्ठान नियमनकारी निकाय नभएकाले नैतिक दबाबभन्दा बढी गर्न सकिन्न। कहिलेकाहीँ नैतिक दबाबले पनि काम गर्दोरहेछ।
लोक गीत संगीतसम्बन्धी विकास बोर्ड गठन गर्नुपर्ने हाम्रो माग छ। बोर्ड गठन भएको खण्डमा त्यस्ता विकृति रोक्न पहल गर्न सकिन्छ। आर्थिक उपार्जन र सस्तो चर्चामा आउन ल्याइने त्यस्ता गीतलाई प्रतिष्ठानले सहयोग र प्रोत्साहन गर्दैन।
त्यस्ता गीतहरूमाथि कानूनी डण्डा पनि चल्न थालेको छ, के भन्नु हुन्छ ?
जहाँ सेन्सर बोर्ड हुँदैन, कलाकारका रचना एकद्वार प्रणालीबाट आउँदैनन्, बजारमा जसले जे गरे पनि हुन्छ, त्यहाँ विकृति हुन्छ। अहिले यही कुराले समस्या देखिएको हो।
कलाकारले गल्ती गर्यो भनेर व्यक्तिलाई समातेर साध्य हुन्न। या गीत संगीतलाई एउटै द्वारबाट ल्याउने व्यवस्था गर्नुगर्यो, या राज्यले दुःख दिने काम गर्नु भएन। त्यसकै लागि संगीत विकास बोर्ड बन्नुपर्छ। व्यक्ति–व्यक्तिलाई समात्दै हिंड्ने होइन, त्यो विकृति आउने मुहान नै सफा पार्नुपर्छ। अनि दोष पनि बोर्डकै जिम्मामा हुन्छ।
कलाकारहरू नयाँ सिर्जना गर्नुभन्दा चोरीमा केन्द्रित भएको आरोप पनि छ नि?
गीत संगीतभित्रको विकराल समस्या नै यही हो। पुराना स्रष्टा हुनुहुन्न, उहाँहरूका आधिकारिक व्यक्ति पनि सम्पर्कमा आउनुहुन्न। अनि उहाँहरूका सिर्जना जतिखेर जसले पायो बजारमा ल्याइहाल्ने प्रवृति छ।
यो समस्या मात्र होइन, अपराध हो। चोरी गर्नु प्रवृति वा विकृति नभएर अपराध हो। त्यसो गर्नेलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। बौद्धिक सम्पत्ति चोरको आरोपमा सिधै कारबाही गरिनुपर्छ। अब प्रतिष्ठानले पुराना स्रष्टाहरूका सिर्जनालाई ‘आर्काइभ’मा राख्ने काम गर्नेछ। भोलि कसैले गएर बिना अनुमति त्यस्ता गीत बजारमा ल्याएमा प्रतिष्ठानले कारवाहीका लागि राज्यलाई सिफारिस गर्नेछ।
" /> काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। ९ मंसीरमा पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट बिजी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।प्रतिद्वन्द्वी विष्णु खत्रीलाई ३९ मतान्तरले पराजित गरेका बिजीले ५८४ मत ल्याए भने खत्रीले ५४५ मत प्राप्त गरे। अहिले पोखरामा रहेका नवनिर्वाचित अध्यक्ष बिजीसँग देखापढीका कृष्णसिंह धामीले गरेको कुराकानीको सारसंक्षेपः

">