काठमाडौं। ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ।महासंघले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजेदेखि एकघण्टा धर्ना दिएको हो।
हातमा कालो पट्टि बााँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन धर्नामा बस्नु परेको बताएका छन्।
महासंघका अध्यक्ष रबी सिंहले नियमावली संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको प्रतिवद्धता चार महीना पुरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानु परेको बताए। उनले आफूहरूको माग पुरा नभए विकास, निर्माणका काम ठप्प हुने चेतावनी पनि दिए।
महासंघले नियमावली संशोधन नभए दोस्रो चरण अन्तर्गत माइतीघर मण्डलामा कालोझण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठूला इक्युप्मेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिस्कार गर्ने, विकास निर्माणका कार्य पूर्णरुपमा ठप्प पार्ने लगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ।
" /> काठमाडौं। ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ।महासंघले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे नौ बजेदेखि एकघण्टा धर्ना दिएको हो।हातमा कालो पट्टि बााँधेर धर्नामा बसेका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन धर्नामा बस्नु परेको बताएका छन्।

">