चीन-तिब्बत व्यापार मेला शुरू

काठमाडौं। काठमाडौंको त्रिपुरेस्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि ‘चीन–तिब्बत व्यापार मेला’ शुरू भएको छ।

नेपाल र चीनका उत्पादनहरूको प्रदर्शनी गर्ने तथा बजारको खोजी गर्ने उद्देश्यसहित नेपाल–चीन उद्योग वाणिज्य संघ र तिब्बत बोर्डर ट्रेड चेम्बरले संयुक्त रूपमा मेलाको आयोजना गरेका हुन्।

मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले नेपालको व्यापार घाटा बढ्दै गएको र चीनसँग पनि ठूलो मात्रामा व्यापार घाटा रहेको बताए।

उनले नेपाल र चीनमा संयुक्त रूपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने बताए। सचिव अर्यालले मेलाले बढ्दै गएको नेपालको व्यापार घाटालाई कम गर्न समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

मेलामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका व्यवसायीहरूको सहभागिता रहेको छ। मेलामार्फत् दुई देशका उत्पादनहरूको प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले विश्वास गरेको छ। मेला चार दिनसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्