काठमाडौं। नेकपा नेता मुकेश चौरसियाको हत्यासम्बन्धी घटनामा पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी परेको छ।
जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहीबार जाहेरी दर्ता भएको हो। प्रहरीले जाहेरी नलिएको अवस्थामा सरकारी वकिल कार्यालयले लिन सक्ने प्रावधान छ।
मृतक चौरसिया नेकपाको पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका सचिव हुन्।
मृतक चौरसियाका परिवारको तर्फबाट यसअघि दिएको किटानी जाहेरीलाई दर्ता गरेर घटनाबारे अनुसन्धान गर्न प्रहरीले चाहेको थिएन।
घटनाको बेला हुँदै नभएको मानिसको नाम किटानी जाहेरीमा उल्लेख रहेको र उक्त नाम हटाएर ल्याउन जाहेरवालाहरूलाई प्रहरीले भन्दै आएको थियो।
तर, बहानाबाजी बनाएर प्रहरीले जाहेरी नलिएको भन्दै पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको नेतृत्वमा एक सातादेखि विरोध कार्यक्रम नै भयो।
यसैबीच किटानी जाहेरी दर्ता भएसँगै पीडित परिवारले शव बुझ्ने भएका छन्। त्यसका लागि शुक्रबार बिहान शवको पोस्टमार्टम गरिने भएको छ। चौरसियाको शव नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ।
" /> काठमाडौं। नेकपा नेता मुकेश चौरसियाको हत्यासम्बन्धी घटनामा पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी परेको छ।जिल्ला सरकारी वकिल कार्यालय पर्सामा बिहीबार जाहेरी दर्ता भएको हो। प्रहरीले जाहेरी नलिएको अवस्थामा सरकारी वकिल कार्यालयले लिन सक्ने प्रावधान छ।

">