प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग छलफल गर्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको कार्यप्रगति विवरण र नयाँ मन्त्रीको योजना सुन्न बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुराना मन्त्रीहरूले चौमासिक कार्यसम्पादन प्रगति प्रस्तुत गर्नेछन् भने नयाँ मन्त्रीहरूले योजना सुनाउनेछन्।

बैठकमा मन्त्रीका साथै सम्बन्धित् मन्त्रालयका सचिवहरू पनि सहभागी हुनेछन्। बैठक केहीबेरमा बस्दैछ। बैठकका लागि काठमाडौं बाहिर रहेका मन्त्रीहरू हतार हतार काठमाडौं फर्किएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रीहरूले कार्यप्रगति र योजना सुनाइसकेपछि प्रधानमन्त्री ओलीले निर्देशन दिने कार्यक्रम पनि छ।

केही समयअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए।

तर, ५ मंसीरमा मन्त्रिपरिषद् पुनर्गठन भएसँगै केही मन्त्री बाहिरिएका छन् भने नयाँ मन्त्री मन्त्रिपरिषद्मा थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्