भृकुटीमण्डपमा हस्तकला प्रतियोगिता हुने

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा १२–१६ मंसीरमा १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता हुने भएको छ।

नेपाली हस्तकलाको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ।

महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र बाँसबाट बनेका सामग्रीहरू राखिने बताए।

मेलामा विदेशी व्यवसायीहरूको समेत सहभागिता रहनेछ।

यसले नेपाली उद्यमीहरूलाई व्यावसायिक सम्बन्ध स्थापनामा सहयोग पुग्ने आयोजकले जनाएको छ।

मेलामा आठवटा प्याविलियनसहित करीब दुई सय स्टल रहनेछन्।

त्यस्तै भारत, श्रीलंका, बंगलादेशलगायत मुलुकका व्यापारीहरूको पनि करीब २० वटा स्टल रहनेछ।

मेलामा हस्तकला कलाकार तथा कालीगढहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृतसमेत गरिने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्