बिरामीमाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका डा. राेहित झा पक्राउ

काठमाडौं। ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि आएकी एक युवतीमाथि बलात्कारको प्रयास भएको छ।

अस्पतालमा कार्यरत चिकित्सक रोहितकुमार झाले उपचारका लागि पुगेकी एक युवतीलाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएकै दिन मेडिसिटी अस्पतालका चिकित्सक बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बलात्कारको प्रयास गर्ने चिकित्सकलाई पक्राउ गरिएको पुष्टि गरे।

“युवतीको उजुरीपछि हामीले ती चिकित्सकलाई पक्राउ गरेका छौं,” उनले देखापढीलाई भने,“जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेर कारबाही अघि बढाउँछाैं।”

प्रतिक्रिया दिनुहोस्