कर्मचारीलाई कार्यशैली परिवर्तन गर्न उद्योगमन्त्री भट्टको निर्देशन
काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कर्मचारीलाई गलत काम नगर्न निर्देशन दिएका छन्।

“मुलुकको भोलिका आवश्यकतालाई पूरा हुने गरी काम गर्नुहोस्,” उनले कर्मचारीलाई निर्देशन दिँदै भने, “पुरानो कार्यशैलीले मुलुकको आवश्यकता पूरा नहुने भएकाले कार्यशैलीमा पनि परिवर्तन ल्याउनुस्।”

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय नारालाई सफल बनाउन चुनौतीलाई सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनताको सेवकको रूपमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

उनले आफू कामै गरेर देखाउन सरकारमा आएको उल्लेख गर्दै सरकारको काम गर्ने शैलीमा परिवर्तन हुँदै जाने पनि बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्