काठमाडौं । चार वर्षपछि दशरथ रंगशाला छिर्दा बालगोपाल महर्जन अलमलिए। यो त्यही रंगशाला हो ? उनले सोधे,आफैसँग।
“विदेशी रंगशालामा छिरेजस्तै अनुभव भयो”, नेपाली फुटबल टोलीका प्रशिक्षक महर्जनले आफ्नो अनुभव देखापढीलाई सुनाए।
अघिल्लो पटक २०१५ मार्चमा छिरेका थिए, उनी यो रंगशालामा। विश्वकप छनोट प्रतियोगिताअन्तर्गत भारतविरुद्ध नेपालले खेलेको थियो त्यतिबेला। गोलरहित बराबरीमा टुंगिएको उक्त खेलपछि नेपाली टोलीले रंगशालामा खेलेको छैन।
त्यसको एक महीनापछि २०१५ अप्रिलअर्थात् १२ बैशाख २०७२ मा गएको भूकम्पले क्षति पुर्याएपछि रंगशाला खेल्न लायक रहेन। पुनर्निमार्णमा नै यत्रो समय लाग्यो।
जेहोस् अहिले आएर रंगशाला खेल्न मात्र होइन हेर्न पनि लायक बनेको छ।
“हामी सबै गेटबाट छिर्ने बित्तिकै एकदमै उत्साहित भयौं। ढिलै भएपनि फेरि यत्तिको बनेछ। धेरै खुशी छौं”, यही १५ मंसिरदेखि शुरू हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठले भने।
चार महीनादेखि सागको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज दशरथ रंगशालामाअभ्यास गरेको थियो। दिउँसो १ बजेतिर रंगशाला छिरेको नेपाली टोलीले झन्डै दुई घण्टा अभ्यास गरेको थियो।
लामो समयपछि दशरथ रंगशालामा खेल्न पाउँदा उत्साहित भएको प्रशिक्षक महर्जनले बताए।
“आज लगभग ४-५ वर्षपछि हामीले यहाँ खेल्न पाएका छौं। सबै खेलाडी उत्साहित छौं”, महर्जनले भने, “हामीलाई विदेशमा गएर अभ्यास गरेको जस्तो अनुभव भइरहेको छ। यहाँको माहोलले विगतका सबै कुरा बिर्साइदिएको छ। आशा छ,हामी नतिजा पनि राम्रो ल्याउनेछौं।”
फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको ‘होम गेम’ पनि नेपालले दशरथ रंगशालामै खेल्ने तय भएको थियो। तर,कुवेतले पुर्ननिर्माणको अवस्थामा रहेको रंगशालामा खेल्न अस्वीकार गरेपछि खेल भुटानमा सरेको थियो। ३ मंसीरमा भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको सो खेलमा नेपालले कुवेतलाई १-० ले नतिजा सुम्पिएको थियो।
सागमा नेपाल साविक विजेता टोली हो। भारतको गुहाहिटी र सिलोङमा सम्पन्न १२औं संस्करणमा नेपालले फाइनलमा भारतलाई हराएर स्वर्ण पदक जितेको थियो। प्रशिक्षक महर्जनले १२औं सागमा हासिल गरेको सफलताको रक्षा गर्ने बताए।
“घरेलु मैदान तथा साविक विजेताको हैसियतले हामीलाई चुनौती छ। घरेलु दर्शकको साथ पाउने हुनाले हामी उत्साहित पनि छौं,” प्रशिक्षक महर्जनले थपे, “हाम्रो प्रायः खेलाडी सिनियर टोलीकै छन्। उनीहरू लामो समयदेखि सँगै खेलिरहेका छन्। त्यसैले हामी स्वर्ण पदकका दाबेदार टोली हौं र हामी त्यसैका लागि तयारी गरिरहेका छौं।”
नेपालले विगत ४ महीनादेखि सागको तयारी गरिरहेको छ। यसबीचमा नेपालले विश्वकप छनोट प्रतियोगिता खेलिरहेकाले खेलाडीहरू नियमित खेलिरहेका छन्।
सागमा नेपालको प्रमुख प्रतिद्वन्द्वी भारतले अन्तिम समयमा आएर नेखल्ने जनाएको छ। त्यसैले अब सागमा पुरुष फुटबलमा ५ टोलीको मात्र सहभागिता रहनेछ। भारत नहुँदा नेपालले स्वर्ण पदक जित्ने सम्भावना अझ बलियो बनेको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले निकालेको तालिकाअनुसर नेपाल, बंगलादेश र भुटान समूह ‘ए’ मा थिए भने भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’मा थिए।
एन्फाले शुरूमा फरवार्डद्धय विमल घर्तिमगर, अञ्जन विष्ट र रक्षक दिनेश राजवंशीलाई समावेश गरेर साग टोलीको घोषणा गरेको थियो। तर, कुवेतविरुद्धको खेलअघि एन्फाले तीन खेलाडीमाथि अनुशासनको कारवाही गरेका कारण साग पनि गुमाउने भएका छन्।
विमल, अञ्जन र दिनेश तीनजना नेपालले १२औं संस्करणमा स्वर्ण जित्दा टोलीमा समावेश थिए। उनीहरूको स्थानमा प्रिजेन तामाङ, राजिव लोप्चन र राजेश परियारलाई प्रशिक्षक महर्जनले टोलीमा समावेश गरेका छन्। महर्जनले थपिएका नयाँ खेलाडी कमजोर नभएको बताए।
“थपिएका नयाँ खेलाडी पनि लामो समयदेखि सँगै अभ्यास गरिरहेका छन्,”अनुशासनको कारवाहीबारे प्रशिक्षक महर्जनले थपे, “अकस्मात त्यस्तो घटना भयो,जुनदुखद छ। तर नयाँ खेलाडी पनि कमजोर छैनन्। उनीहरू राम्रो सम्भावना भएका खेलाडीहरू हुन्।”
सागको नेपाली फुटबल टोलीः
विकेश कुथु, बिक्रम लामा, सुजल श्रेष्ठ, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, छिरीङ गुरुङ, राजीव लोप्चन, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापा मगर र सुनील बल।
" /> काठमाडौं । चार वर्षपछि दशरथ रंगशाला छिर्दा बालगोपाल महर्जन अलमलिए। यो त्यही रंगशाला हो ? उनले सोधे,आफैसँग।“विदेशी रंगशालामा छिरेजस्तै अनुभव भयो”, नेपाली फुटबल टोलीका प्रशिक्षक महर्जनले आफ्नो अनुभव देखापढीलाई सुनाए।

">