‘अकुपाई टुँडिखेल’बारे अभियन्ताले गराए महानगरपालिकाको ध्यानाकर्षण
काठमाडौं। टुँडिखेल अतिक्रमणबारे तत्काल अनुगमन गरी पूर्ववर्ती अवस्थामै फर्काउन ‘अकुपाई टुँडिखेल’का अभियन्ताहरूले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका छन्।

आज उनीहरूले महानगरपालिकाका प्रशासन विभागीय प्रमुख नमराज ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

महानगर प्रमुख विद्यासुन्दर शाक्य अनुपस्थित रहेकाले विभागीय प्रमुखलाई पत्र बुझाइएको हो।

कुनै बेला एशियाकै ठूलो मैदानको रूपमा रहेको टुँडिखेल अहिले ढलान गरी बसपार्क, अनाधिकृत पसल सञ्चालन, पार्किङ, भवन, तारबार, निर्माण सामग्री र कामदार बस्ने ठाउँमा परिणत भएको छ।

सो स्थानहरूमा जनतालाई लगाइएको प्रत्यक्ष/अप्रत्यक्ष बन्देजहरू हटाई आवश्यक आन्तरिक कूटनीतिक पहल गरी दीर्घकालीन समस्याको समाधान गर्न अभियन्ताहरूले विभागीय प्रमुखलाई अनुरोध गरे।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार नगरपालिकाको अधिकारअन्तर्गत उपदफा २(छ)मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा तथा २(ट)मा अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कानुनी दायित्व नगरपालिकालाई दिएको छ।

त्यसैले स्थानीय सरकारको अग्रसरता बिना सार्वजनिक सम्पत्तिको संरक्षण र सम्वर्द्धन हुन नसक्ने भन्दै अभियन्ताहरूले महानगरपालिकाकाे ध्यानाकर्षण गराएका हुन्।

विभागीय प्रमुख ढकालले टुँडिखेलमा रहेको बसपार्कलगायत संरचना हटाउन पहल गर्ने आश्वासन दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्