मस्को पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले पुटिनलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसको राजधानी मस्कोमा आज रुसी समकक्षी सर्जेइ ल्याव्रोभसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

त्यसक्रममा ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी समकक्षीलाई पठाएको भ्रमणको निम्तो पनि दिएका छन्।

आज भएको शिष्टाचार भेटवार्ताका क्रममा दुवै मन्त्रीहरुले द्धिपक्षीय सम्बन्धका विभिन्न आयाममा आ–आफ्ना धारणा राखेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

दुवैजनाले दुई देशबिच हुने न्यायिक, संसदीय र व्यापारिकलगायत उच्चस्तरीय भ्रमणको महत्त्वबारे बोलेका थिए।

नेपालका परराष्ट्रमन्त्रीले १४ वर्षपछि रुसको भ्रमण गरेका हुन्।

ज्ञवालीका रुसी समकक्षीले नेपालका तर्फबाट १४ वर्षपछि महत्त्वपूर्ण भ्रमण भएको बताएका छन्।

दुई मन्त्रीहरू लगानी, व्यापार, पर्यटन, शिक्षा, उर्जा र भौतिक पूर्वाधार विकासका क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउन सहमत भएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्