ब्याडमिन्टन कभर्डहलको काम अन्तिम चरणमा, सातै राष्ट्र सहभागी हुने

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको ब्याडमिन्टन कभर्डहलको काम अन्तिम चरणमा पुगेको छ।

कास्की ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरूङले हल बनाउने काम सकिएको र अब म्याट राख्ने तथा सरसफाइ गर्ने काम मात्र बाँकी रहेको बताए।

कभर्डहलमा कार्यालय, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप कक्षका साथै चारवटा कोर्ट छ।

सागमा भने तीनवटा कोर्ट मात्र प्रयोग हुनेछ।

अध्यक्ष गुरूङका अनुसार कभर्डहल निर्माणमा साढे चार करोड रुपैयाँ खर्च लागेको छ।

ब्याडमिन्टनमा नेपालको तर्फबाट २५ जना खेलाडी समान १० महिला र पुरूष खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा भारतबाट २०, पाकिस्तानबाट १३, बंगलादेशबाट १६, श्रीलंकाबाट १७ र माल्दिभ्सबाट १७ सदस्यीय ब्याडमिन्टन टोली नेपाल आउनेछन्।

पोखरामा हुने ब्याडमिन्टन १५-२० मंसीरसम्म सञ्चालन हुनेछ।

टीम स्पर्धातर्फ १५ मंसीरमा महिला तथा पुरुष क्‍वार्टरफाइनलका खेल हुनेछन्।

१६ मंसीरमा सेमिफाइनल र फाइनल खेल हुनेछ।

१७ मंसीरमा व्यक्तिगत स्पर्धाअन्तर्गत महिला, पुरूषको एकल र युगल तथा मिक्स डबलको खेल शुरू हुनेछ।

१८ मा क्‍वार्टरफाइनल, १९ मंसीरमा सबै स्पर्धाका सेमिफाइनल खेल हुनेछन्।

२० मंसीरमा ब्याडमिन्टनको सबै स्पर्धाका फाइनल खेल हुने प्राविधिक समिति संयोजक विद्याप्रसाद मरासिनीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्