च्यासल युथमा तीन जापानी खेलाडी
काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिगको नयाँ सिजनका लागि च्यासल युथ क्लबले तीन जापानी खेलाडीलाई अनुबन्धन गर्ने भएको छ।

ललितपुरे क्लब च्यासलले यसअघि नै एक जापानी खेलाडीलाई अनुबन्धन गरिसकेको छ।

मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरि गोल्डकपमा समेत खेलाएको थियो।

अघिल्लो सिजन च्यासलबाट खेलेका सन्तोष साहुखलले यस सिजन पनि निरन्तरता दिने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए।

च्यासलले अब हायातो वाकिनो र ताइगा नाकामुरालाई नयाँ सिजनका लागि अनुबन्धन गरेको हो।

हायातोले यसअघि मंगोलियाको एरचिम उलानबाटरबाट खेलिसकेका छन्।

उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव पनि छ।

ताइगो नाकामुरा जापानीज राष्ट्रिय यू-१५ टीमका कप्तानसमेत भएका थिए।

उनले यसअघि लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए।

यसअघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे।

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

च्यासलले थ्री स्टारका गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल वल, रक्षक दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले आवद्ध गरेको छ।

छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहने भएका छन्।

क्लबको सहायक प्रशिक्षकमा बालगोपाल साहुखललाई अनुबन्ध गरेको अध्यक्ष रमेश ब्याञ्जनकारले बताए।

राजुकाजी शाक्यको मुख्य प्रशिक्षणमा खेलेको च्यासलले गत सिजन आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्