काठमाडौं। श्रम स्वीकृतिलगायत आवश्यक कागजी प्रक्रिया पुरा गरेर गन्तव्य मुलुक प्रस्थान गर्न लागेका कुनै पनि यात्रुलाई विमानस्थलबाट नफर्काइएको अध्यागमन विभागले प्रष्ट पारेको छ।
श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित प्रक्रिया पुरा गरी गन्तव्य मुलुक हिँडेका केही यात्रुलाई फर्काइएको भन्ने विषयमा कुनै सत्यता नभएको विभागले जनाएको छ।
विभागका महानिर्देशक ईश्वरीराज पौडेलले तोकिएको प्रक्रिया पुरा गरेर आएका यात्रुलाई कुनै रोकतोक नगरिएको बताए। “श्रम स्वीकृति लिएका तर आवश्यक कागजात नपुगेकाको हकमा अध्यागमनले फर्काउन सक्छ”, उनले भने।
त्यसरी फर्काइएको सङ्ख्या भने अत्यन्त न्यून रहेको उनको भनाइ छ। त्रिभुवन विमानस्थलस्थित् अध्यागमन कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले पनि आवश्यक कागजात पुरा गरेर आएका यात्रुलाई सहजै यात्रा अनुमति दिइएको बताए।
सरकारले यात्रा अनुमति प्रदानमा कुनै समस्या नआओस् भनेर हालैमात्र सम्बन्धित व्यक्तिले पेश गर्नुपर्ने कागजात सूची सार्वजनिक गरेको छ। “विदेश जाँदा देशगतरूपमा पेश गर्नुपर्ने कागज पुरा गरेमा अध्यागमनले ससम्मान प्रस्थान अनुमति दिने गरेको छ”, प्रमुख पौडेलले भने, “आवश्यक कागजात नपुगेकाको हकमा भने फर्काउनुपर्ने बाध्यता हुन्छ।”
श्रम भिसामा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, गन्तव्य मुलुकसम्म पुग्ने ‘बोडिङ पास’, श्रम स्वीकृतिको अवधि कम्तीमा ९० दिनको भएको कागजात पेश गर्ने व्यक्तिलाई कुनै रोकतोक नगरिने अध्यागमन विभागले जनाएको छ। तालिम कार्यक्रममा जाने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, ‘बोर्डिङ पास’, द्वितर्फी हवाई टिकट, ‘स्पोन्सर लेटर’, आमन्त्रण पत्र तथा सम्बन्धित संस्थाको परिचयपत्र देखाउनुपर्नेछ। रासस
" /> काठमाडौं। श्रम स्वीकृतिलगायत आवश्यक कागजी प्रक्रिया पुरा गरेर गन्तव्य मुलुक प्रस्थान गर्न लागेका कुनै पनि यात्रुलाई विमानस्थलबाट नफर्काइएको अध्यागमन विभागले प्रष्ट पारेको छ।श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित प्रक्रिया पुरा गरी गन्तव्य मुलुक हिँडेका केही यात्रुलाई फर्काइएको भन्ने विषयमा कुनै सत्यता नभएको विभागले जनाएको छ।

">