साढे दुई केजी चरेससहित २ जना पक्राउ
<p>रुकुमपूर्व। साढे दुई केजी चरेससहित रुकुमपूर्वको भूमे गाउँपालिका-४ धौलापहिराबाट दुईजना पक्राउ परेका छन्। </p>
<p>रुकुमपूर्व प्रहरी प्रमुख डीएसपी योगेन्द्रकुमार खड्काका अनुसार पक्राउ पर्नेमा भूमे-३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नम्बर ६ महतका १६ वर्षीय तिलक पुन मगर छन्। </p>
<p>झोलामा चरेस बोकेर हिँडिरहेका उनीहरु ९ मंसीर साँझ पक्राउ परेका हुन्। <br />
</p>
प्रतिक्रिया दिनुहोस्