रोजगारीका लागि कोरिया गएका एक नेपालीको मृत्यु

काठमाडौं। रोजगारीका लागि कोरियामा रहेका एक नेपालीको मृत्यु भएको छ।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका ३५ वर्षिय अमिन राईको ९ मंसीरमा मृत्यु भएको उनका काका धनकुमार राईले बताए।

परिवारका अनुसार कम्पनीमा काम गरिरहेको समयमा रिँगटा लागेको र अस्पताल पुर्‍याएलगत्तै उनको मृत्यु भएको खबर आएको हो।

अमिन ५ वर्षदेखि कोरियामा कार्यरत् थिए। उनको शव नेपाल ल्याउन कोरियास्थित नेपाली समाजले पहल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्