धरानमा चन्द समूहका ९ जना कार्यकर्ता प्रेसर कुकरसहित पक्राउ
काठमाडौं। उपनिर्वाचनलाई लक्षित गरेर चुनावविरोधी गतिविधि गरिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ९ जना कार्यकर्ता सुनसरीको धरानमा पक्राउ परेका छन्।

उनीहरुको साथबाट १ वटा प्रेसर कुकरसमेत बरामद गरिएको छ।

प्रेसर कुकर बम बनाउन ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए।

धरान उपमहानगरपालिकामा १४ मंसीरमा मेयर पदको लागि उपनिर्वाचन हुँदैछ।

पक्राउ पर्नेहरुमा संखुवासभा सिलिचौंङ गाउँपालिका-३, ताम्कुका सुवास राई, दिपेन्द्र राई, प्रवीन राई, उदीप रसाइली,  उमेश राई, पदम राई, महेन्द्र राई छन्।

त्यस्तै धरान-८ भोटेपुलका संजेश राई र रमेश भन्ने कुमार ढकाललाई पक्राउ गरिएको छ।

९ मंसीर साँझ धरान उपमहानगरपालिका-१५ स्थित नरेश लिम्बुको घरबाट पक्राउ परेका उनीहरुबाट चन्दा रसीद तथा चन्दा माग गर्दै व्यापारीहरुलाई लेखिएको चिठ्ठीहरु, एक लाख १२ हजार ५०० रुपैयाँ, मोवाइल सेट १० थान, मोवाइलको सीम १२ थान र २ वटा मोटरसाइकल बरामद गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्