स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गराउन केहीबेर अघि अस्पताल गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

"नियमित स्वास्थ्य जाँच हो, अस्पतालबाट उहाँ केहीबेरमा फर्कनुहुन्छ", थापाले देखापढीसँग भने।

प्रधानमन्त्री ओली ८ मंसीरमा स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डि अस्पताल गएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्