पोखरा। १३औं दक्षिण एशियाली खेलकूद (साग) शुरु हुन पाँच दिन बाँकी रहँदा अझै केही महत्वपूर्ण खेलका पूर्वाधार निर्माण भइसकेको छैन । यही मंसीर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागअन्तर्गत पोखरमा हुने केही खेलका पूर्वाधार अझै बन्न नसकेको हो।
पोखरामा आठ खेल खेलाइने तय भए पनि महिला फुटबल, क्रिकेट र बिच भलिबलको खेलस्थल तयार भइसकेको छैन। पोखरामा नौ खेल खेलाउने योजना रहे पनि नेपालबाहेकका अन्य देशबाट सहभागिता नहुँदा प्याराग्लाइडिङ सागबाट हटाइएको छ।
फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन हुने बिच भलिबलको पूर्वाधार निर्माणको काम जारी छ । खेलाडी परिवर्तन कक्ष तथा शौचालय निर्माण सम्पन्न भए पनि मैदानमा बालुवा हालेर खेल्नयोग्य बनाउन बाँकी छ । अस्थायी प्यारापिटसमेत राखिएको छैन । बिच भलिबलको हाल भइरहेको एक कोर्टको स्तरोन्नति हुँदै छ भने थप तीन नयाँ कोर्ट निर्माण गरिएको छ ।
महिला फुटबलको खेलस्थल पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला पनि अझै पुरा भइसकेको छैन। रङ्गशाला मैदानमा दुबो रोप्ने तथा प्यारापिट हाल्ने काम अझै चलिरहेको छ । मैदानमा रोपिएको आधाभन्दा बढी दुबो मरेपछि झनै समस्या भएको छ। दश हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने योजनानुसार मैदानका पश्चिमतर्फ पाँच हजार सिट जडान गरिसकिए पनि पूर्वतर्फ पाँच हजार सिट क्षमताको प्यारापिट तथा सिट जडान बाँकी नै छ ।
महिला क्रिकेटको पोखरा रङ्गशालाभित्रको पिचका लागि सामग्रीसमेत अझसम्म आइपुगेको छैन । दर्शकको सुविधाका लागि रङ्गशालाको वरिपरि अस्थायी प्यारापिट तथा ‘चेञ्जिङ कक्ष’ निर्माण गर्न बाँकी छ । मैदानको घाँस काट्ने तथा पिच गर्नका लागि माटो भर्ने काम भने सकिएको छ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी भने प्रतियोगिता शुरु हुनुभन्दा एकदुई दिनअघि नै पूर्वाधार तयार हुने दाबी गर्छन् ।
पोखरामा खेलाइने खेलमध्ये ब्याडमिन्टन खेल मङ्सिर १५ गतेदेखि नवनिर्मित ब्याडमिन्टन कभर्डहलमा हुने छ । महिला क्रिकेट तथा धनुकाण १६ गतेदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा धनुकाण मैदानमा शुरु हुने छ । महिला पुरुष ह्याण्डबल १८ गतेदेखि शुरु हुने छ । बिच भलिबल, महिला फुटबल र भारोत्तोलन खेल १९ गतेदेखि पोखरामा हुनेछन् । भारोत्तोलन खेल पोखरा–१२ माटेपानीस्थित केसी क्याटरिङको हलमा हुने छ । पोखरामा हुने आठ खेलका लागि सात देशबाट महिला ४०१ र पुरुष २६१ गरी ६६२ खेलाडी सहभागि हुँदैछन्।