प्रधानमन्त्री ओली अस्पताल भर्ना, शल्यक्रिया गर्ने तयारी <p>काठमाडौं। आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया गर्ने तयारी गरिएको छ।&nbsp;</p> <p>प्रधानमन्त्री ओली पेट दुखेपछि स्वास्थ्य परीक्षणका लागि बिहान अस्पताल पुगेका थिए।&nbsp;</p> <p>परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया गर्न लागिएको अस्पताल स्रोतले बतायो।&nbsp;</p> <p>प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अस्पताल भर्ना गरिएको र शल्यक्रियाको तयारी भएको <em>देखापढी</em>लाई बताए। &nbsp;&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्