नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक जारी
काठमाडौं। नेपाल-भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा शुरू भएको छ।

नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार गर्न साथै नेपाल-भारतबीचको व्यापारमा सहजीकरण वृद्धिबारे बैठकमा छलफल हुनेछ।

जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रूप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए।

बैठकको अजेन्डामा हल्दिया–साहिवगञ्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगको विषय छ।

त्यस्तै बैठकको कार्यसूचीमा विद्युतीय कार्गो निगरानी प्रणाली (ईटीएस) सम्बन्धी छलफल पनि छ।

दुई दिन सञ्चालन हुने सहसचिवस्तरीय सो बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र वाणिज्य विभागका एडिसनल सेक्रेटरी भूपिन्दर सिंह भल्लाले भारतीय पक्षको नेतृत्व गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्