काठमाडौं। नयाँ बानेश्वरमा ८ मंसीरमा डाक्टरलाई ठक्कर दिएर भागेका चालक र बसलाई प्रहरीले रामेछापबाट नियन्त्रणमा लिएको छ।
चालक र बस ९ मंसीरमा रामेछापबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ। ८ मंसीर बिहान ६ बजे ‘मर्निङवाक’मा रहेका डाक्टरलाई ठक्कर दिने बा ३ ख ६१४ नम्बरको बसका चालक भक्तपुर सूर्यविनायक बस्ने बुद्धिकुमार कोजुलाई बसहित नियन्त्रणमा लिइएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। डाक्टर प्रभु जोशी ८ मंसीरमा ‘मर्निङवाक’ निस्किएको बेला बसले ठक्कर दिएर भागेको थियो।
सीसीटीभी क्यामराको सहयोगले बस र चालकलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। ठक्कर दिए लगत्तै डाक्टर जोशीको घटनास्थलमै मृत्यु भएको थियो।