खरिद नियमावली तत्काल सच्याउन महासंघको माग

काठमााडौं। नेपाल निर्माण व्यवसायी महासंघले ‘सार्वजनिक खरिद नियमावली–२०७६’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणमैत्री हुनेगरी नियमावली तत्काल सच्याएर विकास निर्माणको कामलाई सञ्चालन गराउने वातावरण बनाउन सरकारसँग माग गरे।

नियमावली सच्याउनका लागि दबाब दिन महासंघले आज पनि प्रधानमन्त्री निवास बालुवाटारबाहिर एक घण्टा धर्ना दिएको हो।

धर्ना कार्यक्रममा अध्यक्ष सिंहले नियमावली निर्माणमैत्री हुने गरी नसच्याएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिए।

निर्माण व्यवसायीहरूले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिँदै प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका हुन्। उनीहरूले ९ मंसीरमा पनि हातमा कालो पट्टि बाँधेर प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका थिए।

धर्नामा बसेका निर्माण व्यवसायीहरूले ‘विकास रोक्ने कानूनले समृद्ध नेपाल बन्दैन’ लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्