सुब्बाको अवैध आम्दानी १४ करोड रूपैयाँ

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा कार्यरत एक जना नायब सुब्बाले १४ करोड ८१ लाख रूपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको छ।

मालपोत कार्यालय सिमरामा कार्यरत नासु मदनप्रसाद गुप्तासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

२०४७ सालमा खरिदारबाट सेवा प्रवेश गरी नायब सुब्बा बनेका गुप्ताले पदीय दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनका परिवारका सदस्यसमेतलाई आज विशेष अदालतमा मुद्दा दायर भएको छ।

गुप्ताले त्यसरी अवैध रूपमा आर्जन गरेको रकम आफू र परिवारका सदस्यको नाममा घर, जग्गा, सवारीसाधन, व्यवसायमा लगानी गरेको अख्तियारले जनाएको छ।

गुप्ताले सरकारी सेवा प्रवेश गरेदेखि २०७६ सालसम्म चार करोड ५४ लाख रूपैयाँ वैध आय गरेको तथा १४ कारोड ८१ लाख रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले गुप्ता, उनकी श्रीमती रिता देवी¸ छोराहरू विक्कि गुप्ता र रकि गुप्तासहित अन्य व्यक्तिहरू कविता कुमारी¸ निरजकुमार गुप्ता¸ राजेशकुमार गुप्ता¸ जुगुली प्रसाद र जगतनारायण यादव समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्