नेपाल र भारतका सैनिक श्रीमती संघका अध्यक्षबीच भेट

काठमाडौं। नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र भारतीय सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष बिना नरवणेबीच आज भेटवार्ता भएको छ।

सैनिक मुख्या जंगी अड्डामा रहेको नेपाली सैनिक श्रीमती संघको कार्यालयमा उक्त भेटवार्ता भएको थियो।

दुवै देशको सैनिक श्रीमती संघमा सेना प्रमुखको श्रीमती अध्यक्ष रहने चलन रहेको छ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेसँगै बिना नेपाल भ्रमणमा आएकी हुन्। यसैक्रममा आज दुइै दशका सैनिक श्रीमती संघका अध्यक्षहरु बीच भेटवार्ता भएको हो।

भेटका क्रममा बिनाले नेपाली सैनिक श्रीमती संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम तथा गतिविधिहक बारेमा जानकारी लिएकी थिईन्।

उनले संघका अन्य पदाधिकारीसँग पनि अन्तरक्रिया गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस्