कालापनी र लिपुलेक छाड्न सकिदैंनः सभापति देउवा     <p>विराटनगर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।</p> <p>विराटनगर विमानस्थलमा &nbsp;सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिपुलेक र कालापानी नेपालकै भएकाले यसलाई छाड्न नसकिने उल्लेख गरे।</p> <p>सभापति देउवाले संवैधानिक परिषद्लाई शाही आयोगजस्तो बन्न नदिन सरकार गम्भीर हुनुपर्ने भन्दै सरकार संविधान विरोधी बन्न नहुने बताएका थिए।</p> <p>उनले सरकारले महँगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाए । <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्