पर्वातारोहण यात्राको वर्ष अवार्ड नेपाललाई
काठमाडौं। पर्यटन वर्ष २०२० शुरु हुन एक महिना बाँकी छँदा नेपाल फेरी एकपटक उत्कृष्ट गन्तव्यमध्ये परेको छ। नेपालले पर्वातारोहण यात्राको वर्ष अवार्ड पाउन सफल भएको हो।

‘द टप टेन अफ एसिया’ नामक पत्रिकाको प्रकाशक संस्था रिसर्च हाउस अफ् एसिया’ (आरएचए) मिडियाले आयोजना गरेको ‘टप एसिया कर्पोरेट बल–२०१९’मा नेपालले एसियाकै उत्कृष्ट पर्वतारोण गन्तव्यको किर्तिमान रच्दै ‘कन्ट्री अफ् द इयर अवार्ड–२०१९’ पाएको हो।

एसियाका देशहरुमाझ गरिएको विभिन्न सर्वेक्षण गरेर उक्त अवार्ड दिइएको हो। त्यसअघि ‘पर्वतारोहण यात्रामा एसियाका उत्कृष्ट देशहरु’ शीर्षकमा पाँच देशहरुको सूची तयार गरिएको थियो।

मलेसियाका पर्यटन, कला र संस्कृती उपमन्त्री मुहम्मद बक्तर बिन वान चिकले उक्त अवार्ड मलेसियाका लागि नेपाली राजदूतलाई प्रदान गरेका छन्। क्वालालम्पुरमा रहेको शांग्रिला होटलमा उक्त अवार्ड प्रदान गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ।

समारोहमा मलेसियाली मन्त्रीहरु, राजपरिवार, कम्पनीका सीईओलगायतको उपस्थिति रहेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्