रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल शुरू हुने (भिडिओसहित)

काठमाडौं। रसुवागढी–काठमाडौं जोड्ने क्रसबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन थालिहाल्न सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले बताएका छन् ।

आज सिंहदरबारमा नेपाली र चिनियाँ अधिकारीहरूबीच भएको छलफलमा विस्तृत सम्भाव्यता अध्ययनका लागि सहमतिमा हस्ताक्षर भएको उनले बताए ।

“रसुवागढीदेखि काठमाडौं जोड्ने क्रसबोर्डर रेल वे बारे धेरै पहिलेदेखि बैठक गर्दै आएका थियौं । चीनका महामहिम राष्ट्रपतिको भ्रमणको क्रममा भएको एमओयू कार्यान्वयनका लागि अहिले पाँचौं वैठक बसेको हो”, उनले भने, ”, उनले भने, “विस्तृत सम्भाव्यता अध्ययन गर्दा नेपाल र चिनियाँ पक्षका गर्नुपर्ने दायित्व के हुने भन्नेमा सहमति जुटेको छ ।”

उनका अनुसार चिनियाँ पक्षले एरियल म्यापिङ सर्भे र भौगर्भिक अध्ययन शुरु गर्नेछन् भने नेपालले वातावरणिय प्रभाव मूल्यांकनदेखि सुरक्षा उपलब्ध गराउनेसम्मका दायित्वमा प्रतिबद्धता जनाएको छ ।

“यी बुँदामा सहमत भयौं । त्यसमा माइन्यूट नै गरिसक्यौं । अब तत्कालै काम शुरू हुन्छ, तुरुन्तै शुरु हुन्छ,” उनले भने, “त्यसका एउटा कार्यतालिका बन्छ, त्यसै अनुसार फटाफट काम हुन्छ ।”

उनले ‘फिजिबलिटी स्टडी’ गर्ने भनिए पनि चिनियाँहरूले ‘डिटियल प्रोजेक्ट रिपोर्ट’ स्तरकै अध्ययन गर्ने उनले बताए । “स्थलगत रूपमा गर्नुपर्ने सबै काम यसै अध्ययनमा सकिन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्