काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजामा संकटको बादल मडारिन थालेको छ। अन्तिम नतिजा आउन नसक्दा यस्तो आशंक बढेको हो।
डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितका लागि आवश्यक २७० इलेक्टोरल मतबाट ६ मतमात्र टाढा छन्। रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई जित निकाल्न ५६ मत आवश्यक छ।
यसै क्रममा ट्रम्प नतिजाको विश्वसनीयतामै आशंका जनाउँदै अदालतको ढोका ढकढकाउन पुगेका छन्। यही कारण नतिजा कहिले आउने भन्ने चिन्ता बढ्न पुगेको छ।
नतिजा आउन ढिलाइ भएपछि दुवैतर्फका समर्थकहरू आक्रोशित हुन थालेका छन्। उनीहरू सडकमा उत्रिएका छन् भने कुनै पनि बखत हिंसा भड्कन सक्ने आशंका गरिएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका ५० जनालाई बुधबार राति गिरफ्तारसमेत गरेको छ।
जब निर्वाचन सकियो र मतगन्ती आरम्भ भयो, तबदेखि नै ट्रम्प समर्थकहरूले डेमोक्रेटिकबाट धाँधली भएको आरोप लगाउन थालेका थिए। सोहीबखत ट्रम्पविरोधीले पनि वासिङ्गटनसहित देशका कतिपय स्थानमा विरोध प्रदर्शन गर्न थाले। जतिजति मतपरिणाममा टक्कर देखिँदै गयो, उतिउति प्रदर्शन बढ्दै गयो। कतिपय स्थानमा प्रदर्शन हिंसात्मक उन्मुख हुन थाल्यो।
न्यूयोर्क, मिनियापोलिस, पोर्टल्यान्डलगायतका स्थानबाट प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। पोर्टल्यान्डमा बढेको दंगाका कारण त्यहाँ प्रदर्शनमा कडाइ गरिएको छ। प्रदर्शनकारीबाट पटका जफत गरिएको छ। तिनका साथबाट अन्य हतियारसमेत बरामद गरिएको बताइएको छ।
ट्रम्पको खातामा अहिलेसम्म २१४ इलेक्टोरल जम्मा भएको छ। पेन्सिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा बहुमत आएपछि अझै पनि उनको विजय हुन सक्ने आशा जीवित रहेको छ।
नेभाडाको अन्तिम नतिजाको प्रतीक्षा गरिएको छ। बाइडेनले नेभाडामा जित निकाल्न सके भने उनी २७० मतसहित विजयी हुने छन्।
उता, ट्रम्पले बहुमत पाउनका लागि यी चारै राज्यमा जित्नु आवश्यक छ।
लोकप्रिय मतमा पनि अहिलेसम्म बाइडेन नै अगाडि छन्। उनले ७,३४,१५,६२२ पाएका छन् भने ट्रम्पलाई ६,९५,८८,०११ मिलेको छ।
" /> काठमाडौं। अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजामा संकटको बादल मडारिन थालेको छ। अन्तिम नतिजा आउन नसक्दा यस्तो आशंक बढेको हो।डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितका लागि आवश्यक २७० इलेक्टोरल मतबाट ६ मतमात्र टाढा छन्। रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई जित निकाल्न ५६ मत आवश्यक छ।

">