नेपालगञ्जमा म्याद सकिएका ६ हजार रूपैयाँ बराबरको सामान नष्ट
<p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालगञ्ज उपमहानगरपालिकामा म्याद सकिएका ६ हजार रूपैयाँ बराबरको सामान नष्ट गरेको छ।</p>
<p style="text-align: justify;">बिहीबार बजार अनुगमन गर्ने क्रममा उक्त रकम बराबरको सामानको म्याद सकिएको पाइएपछि नष्ट गरिएको हो।</p>
<p style="text-align: justify;">त्यसैगरी, व्यावसायिक फर्महरूले खरिदबिक्री बिल नराखेको समेत पाइएको बताइएको छ।</p>
<p style="text-align: justify;">खरिदबिल नराख्ने पसललाई पाँच हजार रूपैयाँ समेत जरिवाना गरिएको विभागले जानकारी दिएको छ।</p>