नक्कली भ्याटमा ११ अर्बको मुद्दा
काठमाडौं। राजश्व अनुसन्धान विभागले ११ अर्ब रूपैयाँ राजश्व छलीको अनुसन्धान टुंग्याएको छ।

गत वर्ष शुरू गरिएको नक्कली भ्याट बिल (मूल्य अभिवृद्धि कर बिजक) को अनुसन्धानमा विभागले छ अर्ब ८२ करोड रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिसकेको छ।

थप मुद्दा दायर गर्ने तयारी भइरहेको महानिर्देशक दीर्घराज मैनालीले बताए।

नक्कली भ्याट बिल कारोबारमा उच्चतम कारोबार गर्ने फर्मले ७० करोडसम्म कारोबारमा मुद्दा खेप्नुपर्नेछ।

विक्रेता फर्मले उनीहरूसँग वस्तु किन्ने कम्पनीका नाममा देखाएको कारोबार उक्त फर्महरूसँग भिडाउँदा नमिलेपछि खातापाता नियन्त्रमा लिएर अनुसन्धान थालेको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

यसमा १२५ विक्रेताले कारोबार देखाएको ९०० खरिदकर्ता फर्म छन्।

अनुसन्धानकै क्रममा विभागले नक्कली भ्याट बिल उत्पादन गरेर बिक्री गर्ने तीन गिरोहलाई नियन्त्रणमा लिई अनुसन्धानपछि मुद्दा दायर गरिएको छ।

नक्कली भ्याट बिल बनाएर वस्तु आयात गर्दा राखेको भ्याट क्रेडिट मिलान गरी उल्टै सरकारलाई ठग्ने काम भएको छ।

कतिपयले भने वस्तु बिक्री गरेर उपभोक्ताबाट भ्याट उठाएर पनि सरकारलाई बुझाएका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्