मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्य भने अहिले खानेपानीको ठूलो समस्या नभएको ठान्छन्। “अहिले खानेपानीनै नपुगेर काकाकुल भइसक्ने अवस्था छैन,” शाक्य भन्छन्, “जहाँ–जहाँ त्यस्तो अवस्था छ, त्यस्तो ठाउँमा वर्षातको पानी संकलन गर्ने विधि प्रयोग गरेका छौं।”
मन्त्रालयले यस आर्थिक वर्षमा ९२ प्रतिशत जनतालाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य राखेको उनले बताए १५ वर्षअघिदेखि नै वर्षातको पानी संकलन गर्ने विधिबारे सरकारले सामान्य काम गरे पनि हालसम्म द्रूत गतिमा भने अगाडि बढाउन सकेको छैन।
सरकारले वर्षातको पानी संकलन गरेर प्रयोग गर्नेका लागि खानेपानी संस्थानबाट ७५ प्रतिशतसम्म छुट दिने र सचेतना जगाउने विषयमा पनि कदम चाल्नुपर्ने वातावरण विज्ञ डा. शर्माको भनाइ छ। “सरकारले यत्ति मात्रै गर्यो भने पनि काठमाडौंमा खानेपानीको अभाव हुँदैन,” शर्मा भन्छन्।

काकाकुल काठमाडौंको प्यास मेट्न सक्छ आकाशे पानीले : Dekhapadhi
काकाकुल काठमाडौंको प्यास मेट्न सक्छ आकाशे पानीले

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र प्रत्येक दिन खानेपानी कति चाहिएला?

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार दैनिक करिब ४० करोड लिटर चाहिन्छ।

काठमाडौंभरि खानेपानी पुर्‍याउने जिम्मा लिएको केयुकेएल आफैंले भने जम्मा १४ करोड लिटर वितरण गरिरहेको छ। त्यो पनि बर्खायाममा मात्र।

हिउँदमा त आठदेखि १० करोड लिटरसम्म मात्र वितरण गर्छ। अर्थात् काठमाडौंका मानिसले बर्खामा २६ करोड लिटर र हिउँदमा ३० करोड लिटर आवश्यक पानी नै पाउँदैनन्।

अनि कहाँबाट पूर्ति गर्छन् त आफ्नो आवश्यकता?

ट्यांकरबाट किन्न पाइने पानीले।

त्यसो त केयुकेएलले पाइपबाट वितरण गर्ने खानेपानीको शुद्धतामाथि पनि बारम्बार प्रश्न उठ्छ। फिल्टर नगरी पिउन नसक्ने उपभोक्ताको गुनासो छ। ‘‘खानेपानीको पानी पनि फिल्टर गरेर खानुपर्छ,’’ नागार्जुन–४, सीतापाइलाका विकास केसीको दुखेसो हो यो।

सारमा, काठमाडौं उपत्यकाका मानिसले आवश्यकताअनुसार खानेपानी पाएका छैनन् । पाएको पानी पनि पिउनयोग्य छैन।

के यसको समाधान छैन त?

छ। त्यो हो – वर्षातको आकाशे पानी।

“जमिनमुनिको भूमिगत र सतहको भन्दा वर्षातको पानी निकै शुद्ध हुन्छ”, वातावरण विज्ञ प्रा.डा. सुबोध शर्मा भन्छन्। यसै पनि काठमाडौंको भूमिगत पानी घट्दै गइरहेको छ । त्यसमाथि त्यो प्रदूषित पनि भइरहेछ । प्रदूषणको कारण त उही हो – मानव गतिविधि। “खोलानालाको पानी शुद्ध भए मात्रै भूमिगत पानी शुद्ध हुन्छ,” शर्मा भन्छन् ।

त्यसो त प्राकृतिक रूपमा पाइने लिड (सिसा) र आर्सेनिकजस्ता पदार्थका कारण पनि भूमिगत पानी पिउन योग्य नहुने खतरा रहन्छ ।

स्वच्छ कसरी ?

आकाश पनि शुद्ध कहाँ छ र? धुलोको कण र हानिकारक रासायनिक पदार्थमिश्रित धूवाँले आकाश भरिएको हुन्छ। अनि कसरी आकाशको पानी शुद्ध हुनसक्छ त?

विज्ञहरु भन्छन्– वर्षातले नै शुद्ध गराइदिन्छ।

मनसुनी वर्षाले आकाश पनि पखालिदिन्छ अर्थात् प्रदूषणजन्य पदार्थलाई सतहमा ल्याइदिन्छ। एक झर पानी परेपछि वर्षिने पानी आफैंमा शुद्ध हुन्छ ।

त्यसो त आकाशे पानी पिउँदा रुघा लाग्छ भन्ने मान्यता पनि छ। “पहिले खरको छाना हुन्थ्यो, आजभोलि जस्ता र सिमेन्टका छाना भएकाले समस्या हुँदैन,” शर्मा भन्छन्।

कसरी भण्डारण गर्ने ?

शहरी क्षेत्रमा वर्षाको पानी छतमा सञ्चय गरी भण्डारण गर्न सकिन्छ। वर्षातको पानीमा आर्सेनिक हुँदैन वा न्युन मात्रामा हुन्छ।

पानी संकलन गरिने छानालाई भने सफा गर्नुपर्ने र वर्षा शुरू भएको केही समयपछिको मात्रै संकलन गर्नुपर्ने शर्मा बताउँछन्।

“दुई–तीनपटक पानी परेपछि छत पनि सफा हुन्छ । त्यसपछि मात्रै भण्डार गर्नुपर्छ,” उनी भन्छन्, “यसका लागि हामीले दुई हजार ५०० लिटरदेखि दुई लाख ५० हजार लिटरसम्मका घैँटा बनाउन सक्छौं।”

यस किसिमको अभ्यास गुल्मी, पााल्पा, अर्घाखाँचीलगायतका जिल्लामा भइसकेको छ ।

आकाशे पानीलाई संकलन गर्न छतमा गटर राख्नुपर्छ। गटरले बलेनीको पानी जम्मा गरेर फिल्टरमा पुर्‍याउँछ। फिल्टरमा छानिएकोे बालुवा र गिट्टीको मिश्रण हुन्छ। त्यसले नै पानी छान्ने गर्छ। त्यसरी छानिएको पानी ट्यांकीमा जम्मा गरिन्छ।

त्यसो त काठमाडौंमा पनि आकाशे पानीको अभ्यास नभएको होइन। विगत ६ वर्षदेखि नागार्जुनका रमेश प्रधानले वर्षातको पानी संकलन गरिरहेका छन्। उनले १२ हजारको ट्यांकीमा पानी संकलन गर्छन्। यसले चारजनाको परिवारलाई तीन महिनासम्म पुर्‍याउने उनको भनाइ छ।

“यो पानी पिउन, लुगा धुन, खाना पकाउन, नुहाउन हरेक काममा प्रयोग भइरहेको छ,” उनले भने, “कहिलेकाहीँ धेरै पानी आएर ओभरफ्लो हुँदा समस्या हुन्छ, त्यो पानी करेसाबारीतिर लगाउने गरेको छु।”

मेलम्चीको पुरक

काठमाडौंवासीले मेलम्चीको सपना देख्न थालेको धेरै भयो। मेलम्चीको पानी काठमाडौंसम्म कहिले आइपुग्छ टुंगो छैन। आइहाले पनि काठमाडौंको आवश्यकता पूरा गर्ने निश्चित भने छैन । किनकि पहिलो चरणमा दैनिक १७ करोड लिटर आपूर्ति गर्न सक्ने उद्देश्य मेलम्ची खानेपानीले लिएको छ।

यो अभाव पूरा गर्न पनि हरेक घरमा वर्षातको पानी सञ्चय गर्ने प्रविधि अवलम्बन गर्नैपर्ने विज्ञहरू बताउँछन्। घरको आँगनमा ढलान नगरी दुबो लगाउनुपर्ने, खोलानाला थुनछेक नगर्ने र डाँडामा सानाठूला पोखरी बनाएर वर्षातको पानी सञ्चय गर्नुपर्ने वातावरण विज्ञ शर्माको सल्लाह छ ।

‘‘भूमिगत पानीको स्रोतका लागि सडक पनि पर्यावरणीय बनाउनुपर्थ्यो,’’ उनले भने, ‘‘गाडी गुड्ने ठाउँमा मात्रै कंक्रिट, अन्य ठाउँमा खाली नै छोड्ने व्यवस्था गरेको भए सहज हुने थियो ।’’

छैन सरकारी तदारुकता

आवश्यकता पनि पूरा गर्ने, शुद्ध पनि हुने आकाशे पानी संकलन गर्न सरकारले के चाँहि गरेको छ त?

खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव अनिलभद्र खनाल आकाशे पानी संकलन गर्ने विधिबारे आवश्यकताअनुसार काम नभएको बताउँछन्। “केही काम भएका छन्, तर जसरी हुनुपर्ने हो त्यसरी भने भएको छैन,” उनी भन्छन्, “यसको प्रवर्द्धनमा जोड दिन सकिएको छैन।”

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्य भने अहिले खानेपानीको ठूलो समस्या नभएको ठान्छन्। “अहिले खानेपानीनै नपुगेर काकाकुल भइसक्ने अवस्था छैन,” शाक्य भन्छन्, “जहाँ–जहाँ त्यस्तो अवस्था छ, त्यस्तो ठाउँमा वर्षातको पानी संकलन गर्ने विधि प्रयोग गरेका छौं।”

मन्त्रालयले यस आर्थिक वर्षमा ९२ प्रतिशत जनतालाई खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको उनले बताए १५ वर्षअघिदेखि नै वर्षातको पानी संकलन गर्ने विधिबारे सरकारले सामान्य काम गरे पनि हालसम्म द्रूत गतिमा भने अगाडि बढाउन सकेको छैन।

सरकारले वर्षातको पानी संकलन गरेर प्रयोग गर्नेका लागि खानेपानी संस्थानबाट ७५ प्रतिशतसम्म छुट दिने र सचेतना जगाउने विषयमा पनि कदम चाल्नुपर्ने वातावरण विज्ञ डा. शर्माको भनाइ छ। “सरकारले यत्ति मात्रै गर्‍यो भने पनि काठमाडौंमा खानेपानीको अभाव हुँदैन,” शर्मा भन्छन्।