विश्व बैंकसँग १६ अर्ब ३७ करोड ऋण सहयोगमा हस्ताक्षर हुँदै

काठमाडौं। विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रूपैयाँ ऋण सहयोग गर्ने भएको छ।

आज दिउँसो ३ बजे अर्थ मन्त्रालयमा सहयोगसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर हुँदैछ।

अर्थ मन्त्रालयका अनुसार युवा रोजगारीका लागि रुपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रूपैयाँ र विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रूपैयाँ उपलब्ध गराउन उक्त बैंक सहमत भएको छ ।

ऋण सहयोगसम्बन्धी सम्झौता–पत्रमा अर्थसचिव राजन खनाल र विश्व बैंकका नेपालस्थित देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने छन्। रासस

प्रतिक्रिया दिनुहोस्