काठमाडौं। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण आउँदै गरेको तिहारमा फूलको मालाको व्यापार घट्ने भएको छ।
फ्लोरिकल्चर एसोसिएसनले यस वर्षको तिहारमा गत वर्षको तुलनामा १० लाख वटा माला कम खपत हुने आकलन गरेको छ।
गत वर्षको तिहारमा देशभर करिब २५ लाख वटा माला खपत एशोसिएशनको तथ्यांक छ। यस वर्षको तिहारमा जम्मा १५ लाख वटा माला भए पुग्ने आकलन गरिएको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। उपत्यका तिहार मनाउने धेरै मानिसहरू अहिले गाउँमै हुँदा फूलको मालाको माग घट्ने उनको आकलन छ।
“गाउँघरका मानिसहरूले आफै माला उत्पादन गर्छन्”, उनी भन्छन्, “सहरी क्षेत्रमा बस्ने मानिसहरूले मात्रै माला किन्ने हो। कोरोना महामारीको कारण यस वर्ष धेरैजसो मानिस गाउँमै छन्।”
एसोसिएशनले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार यस वर्षको तिहारमा १२ लाख सयपत्री फूलका माला खपत हुन्छ। यस्तै, तीन लाख मखमली र गोदावरी फूलको माला आवश्यक पर्छ।
ती १५ लाख मालाको कूल बजार मूल्य १० करोड रुपैयाँ बराबरको हुने बताइएको छ।
अघिल्लो वर्षको तिहारमा देशभर १५ करोड रुपैयाँ बराबरको कुल २५ लाख माला खपत भएको थियो। जसमा २० लाख वटा माला सयपत्री फुलको थियो भने पाँच लाख माला मखमली फुलको रहेको थियो।
गत वर्ष नेपालको उत्पादनले नधानेर भारतबाट सयपत्री फुलको २ लाख वटा माला आयात भएको थियो। तर, नेपालबाट मखमली फुलको माला भने निर्यात हुने गरेको छ।
नेपालका विभिन्न ३२ वटा जिल्लामा व्यवसायीकरूपमा फूलको खेती हुँदै आएको छ।
ती जिल्लामा सयपत्री फुलका मात्रै ६ लाख विरूवामा फूल उत्पादन हुने गरेको फ्लोरिकल्चर एसोसिएसनको तथ्यांक छ।
गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा तीन अर्ब रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको थियो। तर, महामारीका कारण लकडाउन हुँदा दुई अर्ब २५ अर्ब रुपैयाँको मात्रै फूलको कारोबार भएका छ।
" /> काठमाडौं। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण आउँदै गरेको तिहारमा फूलको मालाको व्यापार घट्ने भएको छ।फ्लोरिकल्चर एसोसिएसनले यस वर्षको तिहारमा गत वर्षको तुलनामा १० लाख वटा माला कम खपत हुने आकलन गरेको छ।

">