शिल्पीका घिमिरे युवराजलाई पनि नाटकघरमा नयाँ नाटक कहिले आउँछ भनेर दर्शकको फोन आउने गर्छ। युवराजका अनुसार नयाँ नाटक बनाउन समय लाग्छ।
“नाटकघरमा बाह्र महीनै नाटक गर्न गाह्रो हुन्छ,” उनी भन्छन्, “देखाउनको लागि नाटकको क्वालिटी पनि राम्रो हुनुपर्छ। राम्रो नाटक बनाएर बाह्रै महीना नाटक देखाउन अलिक च्यालेन्ज नै छ।”
दशैंअघि सर्वनाम थिएटरमा नौगेडी नाटक प्रदर्शन भएको थियो। त्यसपछि यो नाटकघरमा साहित्यिक र सांगीतिक कार्यक्रमहरु नै भइरहेका छन्। नाटक देखाइएको छैन।
दशैंपछि यसरी लामो समयपछि शहरका कुनै पनि नाटकघरमा नाटक नलागेको पहिलो पटक भएको सर्वनाम थिएटरका राज शाह बताउँछन्। उनका अनुसार एउटा नाटकघरमा नाटक नभए पनि अर्काे नाटक घरमा नाटक हुने गरेको थियो। शाह भन्छन्, “सायद रंगकर्मीहरु बिजी भएर हो कि ?”
सर्वनाम थिएटरले मंसीरभित्र ‘ऋतु’ नाटक प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ। नाटकको रिहर्सल भइरहेको उनले बताए।
टेकुमा रहेको कौशी थिएटरमा दशैंअघि ‘नाइट मदर्स’ नाटक प्रदर्शनमा आएको थियो। त्यसपछि यो थिएटरमा पनि कुनै नाटक प्रदर्शन भएको छैन।
थिएटरका सुदाम सिकेका अनुसार जनवरीसम्म कौशीमा कुनै नाटक प्रदर्शनमा आउने छैन। यहाँ कुनै रिहर्सल पनि भइरहेको छैन।
थिएटरका कलाकारको व्यक्तिगत काम भएकाले नाटक सञ्चालन नभएको उनको भनाई छ। जनवरीदेखि मात्रै कौशीमा नाटक प्रदर्शनमा आउने उनले बताए।
कीर्तिपुरमा रहेको थिएटर मलमा पुषदेखि मात्र नयाँ नाटक प्रदर्शनमा आउने सञ्चालक केदार श्रेष्ठले जानकारी दिए। यो थिएटरमा दशैं–तिहारका बेला जापानी समुहले पपेट कार्यशाला सञ्चालन गरेको थियो।
त्यसकारण नयाँ नाटकको रिहर्सल हुन पाएको थिएन। अबको केही दिनमा नाटकको टोलीसहित उनीहरु भारतको कलकत्ताका लागि जाने भएकाले थिएटर मलमा पुषदेखि मात्रै नाटक प्रदर्शनमा आउने उनले बताए। उनलाई पनि नाटकप्रेमीहरुले नयाँ नाटक कहिले लाग्छ भनेर फोन गरिरहेका छन्।
राजधानीका नाटकघरमा नाटक नभएका बेला पोखरा थिएटरमा भने ‘एक चिहान’ दोस्रोपटक प्रदर्शनमा आएको छ। पहिलोपटक साउनमा यो नाटक प्रदर्शन भएको थियो।
त्यतिबेला पोखराका विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेकाले विद्यालयहरुको आग्रहमा दोस्रोपटक प्रदर्शनमा आएको हो।
“हामीले तिहारलगत्तै नयाँ नाटक गर्ने सोच बनाएका थियौँ,” पोखरा थिएटरका कलाकार परिवर्तनले भने, “विद्यालयको आग्रह भएकोले फेरि एक चिहान देखायौँ, नयाँ नाटकको लागि तयारी पुरा गर्न सकेनौँ।” यस नाटकपछि पोखरा थिएटर विद्यालय नाटक महोत्सवमा व्यस्त रहने उनले बताए।
"> नाटकघरमा छैनन् नाटक : Dekhapadhi
नाटकघरमा छैनन् नाटक
काठमाडौं। मण्डला थिएटरका कलाकार विजय बराललाई फोन गरेर नाटक प्रेमीले सोध्छन्– “अहिले कुन नाटक चलिरहेको छ ?”
उनलाई जस्तै शिल्पी थिएटरका घिमिरे युवराजलाई पनि त्यसरी नै फोन आउँछन्। यी दुबैसँग प्रश्नकर्ताले सोधेजस्तो जवाफ छैन।
मण्डला र शिल्पी मात्र होइन, अहिले काठमाडौंका कुनै पनि नाटकघरमा नाटक छैनन्।
बिजयका अनुसार अघिल्ला वर्षहरुमा तिहारलगत्तै नाटक शुरु भइसकेका हुन्थे। यसरी लामो समय ‘ग्याप’ भएको थिएन। लामो समय ‘ग्याप’ भएपछि दर्शकले उनलाई नाटकको बारेमा सोध्छन्।
अहिले थिएटरमा ‘झोला हराएको मान्छे’ नाटकको रिहर्सल चलिरहेको उनले बताए। उनका अनुसार सम्भवतः २४ मंसीरबाट यो नाटक प्रदर्शनमा आउनेछ।
मण्डलामा दशैंअघि ‘महाभोज’ नाटक चलेको थियो। यो नाटकले निकै सफलता पायो। नाटक हेर्नका लागि मात्र भन्दा पनि दर्शकका लागि नाटकघर ‘इङ्गेज’ हुने ठाउँ बनिसकेकाले दर्शकको उत्सुकता बढेको अड्कल उनले काटे।
शिल्पी थिएटरका कलाकार २८ असोज देखि २४ कात्तिकसम्म मोरङ, सुनसरी, सुर्खेत हुँदै रोल्पासम्म कचहरी नाटक लिएर पुगेका थिए। त्यसपछि यो समुहले काठमाडौंमा पनि विभिन्न स्थानमा नाटक देखायो। १७ मंसीरदेखि फेरि यो समुह प्रदेश २ मा नाटक लिएर पुग्दैछ।
शिल्पीका घिमिरे युवराजलाई पनि नाटकघरमा नयाँ नाटक कहिले आउँछ भनेर दर्शकको फोन आउने गर्छ। युवराजका अनुसार नयाँ नाटक बनाउन समय लाग्छ।
“नाटकघरमा बाह्र महीनै नाटक गर्न गाह्रो हुन्छ,” उनी भन्छन्, “देखाउनको लागि नाटकको क्वालिटी पनि राम्रो हुनुपर्छ। राम्रो नाटक बनाएर बाह्रै महीना नाटक देखाउन अलिक च्यालेन्ज नै छ।”
दशैंअघि सर्वनाम थिएटरमा नौगेडी नाटक प्रदर्शन भएको थियो। त्यसपछि यो नाटकघरमा साहित्यिक र सांगीतिक कार्यक्रमहरु नै भइरहेका छन्। नाटक देखाइएको छैन।
दशैंपछि यसरी लामो समयपछि शहरका कुनै पनि नाटकघरमा नाटक नलागेको पहिलो पटक भएको सर्वनाम थिएटरका राज शाह बताउँछन्। उनका अनुसार एउटा नाटकघरमा नाटक नभए पनि अर्काे नाटक घरमा नाटक हुने गरेको थियो। शाह भन्छन्, “सायद रंगकर्मीहरु बिजी भएर हो कि ?”
सर्वनाम थिएटरले मंसीरभित्र ‘ऋतु’ नाटक प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ। नाटकको रिहर्सल भइरहेको उनले बताए।
टेकुमा रहेको कौशी थिएटरमा दशैंअघि ‘नाइट मदर्स’ नाटक प्रदर्शनमा आएको थियो। त्यसपछि यो थिएटरमा पनि कुनै नाटक प्रदर्शन भएको छैन।
थिएटरका सुदाम सिकेका अनुसार जनवरीसम्म कौशीमा कुनै नाटक प्रदर्शनमा आउने छैन। यहाँ कुनै रिहर्सल पनि भइरहेको छैन।
थिएटरका कलाकारको व्यक्तिगत काम भएकाले नाटक सञ्चालन नभएको उनको भनाई छ। जनवरीदेखि मात्रै कौशीमा नाटक प्रदर्शनमा आउने उनले बताए।
कीर्तिपुरमा रहेको थिएटर मलमा पुषदेखि मात्र नयाँ नाटक प्रदर्शनमा आउने सञ्चालक केदार श्रेष्ठले जानकारी दिए। यो थिएटरमा दशैं–तिहारका बेला जापानी समुहले पपेट कार्यशाला सञ्चालन गरेको थियो।
त्यसकारण नयाँ नाटकको रिहर्सल हुन पाएको थिएन। अबको केही दिनमा नाटकको टोलीसहित उनीहरु भारतको कलकत्ताका लागि जाने भएकाले थिएटर मलमा पुषदेखि मात्रै नाटक प्रदर्शनमा आउने उनले बताए। उनलाई पनि नाटकप्रेमीहरुले नयाँ नाटक कहिले लाग्छ भनेर फोन गरिरहेका छन्।
राजधानीका नाटकघरमा नाटक नभएका बेला पोखरा थिएटरमा भने ‘एक चिहान’ दोस्रोपटक प्रदर्शनमा आएको छ। पहिलोपटक साउनमा यो नाटक प्रदर्शन भएको थियो।
त्यतिबेला पोखराका विद्यालयहरुमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेकाले विद्यालयहरुको आग्रहमा दोस्रोपटक प्रदर्शनमा आएको हो।
“हामीले तिहारलगत्तै नयाँ नाटक गर्ने सोच बनाएका थियौँ,” पोखरा थिएटरका कलाकार परिवर्तनले भने, “विद्यालयको आग्रह भएकोले फेरि एक चिहान देखायौँ, नयाँ नाटकको लागि तयारी पुरा गर्न सकेनौँ।” यस नाटकपछि पोखरा थिएटर विद्यालय नाटक महोत्सवमा व्यस्त रहने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्