धवनको स्थानमा सामसन

काठमाडाैं। घुँडाको चोटका कारण भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनले वेष्ट इन्डिजविरुद्धको ट्‍वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।

भारत र वेष्ट इन्डिजविरुद्धको तीन खेलको ट्‍वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ६ डिसेम्बरबाट शुरु हुँदैछ।

गत साता घरेलु ट्‍वान्टी–२० प्रतियोगिता सेद मुश्ताक अली ट्रफी खेल्ने क्रममा धवनकाे बायाँ घुँडामा चोट लागेकाे थियाे।

बायाँहाते ब्याट्सम्यान धवनलाई पूर्णरूपमा ठीक हुन समय लाग्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ।

अब धवनको स्थान सञ्जु सामसनले लिनेछन्।

बंगलादेशविरुद्धको तीन खेलको ट्‍वान्टी–२० शृंखला खेल्दाको टोलीमा पनि सामसन समावेश थिए। तर, उनले कुनै खेल खेलेनन्।

भारतीय टोलीः

विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, रिशब पन्त(विकेटकिपर), शिभम दुबे, वासिङ्टन सुन्दर, रविन्द्र जडेजा, युजभेन्द्र चाहल, कुलदीप यादव, दीपक चहर, मोहम्मद शामी, भूवनेश्वर कुमार र सञ्जु सामसन।

प्रतिक्रिया दिनुहोस्