बालविकासका लागि बाध्यकारी कानून बनाइनेछः मुख्यमन्त्री राउत
धनुषा। मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बालविकासको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशमा बाध्यकारी कानून बनाइने बताएका छन्।

प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूहले आज जनकपुरमा आयोजना गरेको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

भविष्यको कर्णधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरू हुने भएकाले उनीहरूको स्वस्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत् स्थापित गर्नुपर्ने राउतले उल्लेख गरे।

मुख्यमन्त्री राउतले बालविकासको लागि आवश्यक कानूनको खाका तयार पार्न समन्वय समूहलाई निर्देशन दिँदै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए।

साथै प्रदेशमा सञ्चालनमा रहेको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमकै तर्जुमाका लागि बालविकासको छुट्टै अभियान चलाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले यस अभियानका लागि प्रदेश सरकार हर समय तत्पर रहने बताएका छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्