नेपाली भूमि रक्षाका लागि दबाब दिन धनगढी-कालापानी मोटरसाइकल र्याली

कैलाली। कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढी-कालापानी मोटरसाइकल र्‍याली शुरू गरेको छ।

नेपाली भूमिको रक्षाका लागि सरकारलाई दबाब दिने उद्देश्यले सो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका प्रदेश सचिव लक्षिराम आचार्यले बताए।

उनले भारतले हालै जारी गरेको राजनीतिक नक्शा सच्याई तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउनुपर्ने माग राखे।

अभियानमा एक सय बढी मोटरसाइकल प्रयोग भएकाे आचार्यकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्