उसु १३ मंसीरबाट लगनस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा हुनेछ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेका भलिबलको उद्घाटन गरेका हुन्।
समुह 'ए' मा रहेको नेपालले उद्घाटन खेलमा बंगलादेशलाई पराजित गरे सेमिफाइनलको यात्रा पक्का गर्नेछ।
नेपालले भाेलि, १२ मंसीरमा भारतलाई पराजित गरे समूह विजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाउनेछ।
यद्यपि भलिबलको औपचारिक उद्घाटन हुँदासम्म भारतीय टोली नेपाल आइपुगेको छैन।
आजै पुरूष भलिबलले पनि बंगलादेशविरूद्ध खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ।
नेपाली पुरूष टोली रहेको समूह 'ए' मा पनि बंगलादेश र भारत छ।
महिला पुरूष दुवै टोलीको समूह 'बी' मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छ।
तथापि महिलातर्फ पाकिस्तानको सहभागिता छैन।
बंगलादेशसँग खेल्नुअघि महिला टोलीकी कप्तान अरुणा शाहीले भनेकी छन्, “घरेलु कोर्टमा यति ठूलो प्रतियोगिता खेल्न पाउँदा सबै एकदमै उत्साहित छौं।”
गत महीना बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जितेपछि सागमा नेपाली टोलीप्रति अपेक्षा बढेको छ।
सँधै कास्यमा चित्त बुझाएको महिला भलिबलबाट नेपालले यसपटक कम्तीमा पनि रजत पदकको आश गरेको छ।
त्यसैले खेलाडीमाथि दबाब पनि उत्तिकै छ।
“फाइनल त जसरी पनि खेल्नुपर्छ”, कप्तान अरुणा भन्छिन्, “हाम्रो लक्ष्य स्वर्ण पदक नै छ।”
साउन पहिलो साताबाट बन्द प्रशिक्षणमा बसेको महिला भलिबल टोलीले थाइल्यान्डमा तीन साता प्रशिक्षण गरेको थियो।
पछिल्लो पटक सन् १९९९ मा नेपालले दोस्रो पटक सागको आयोजना गरेको थियो।
नेपालबाट १९८४ मा पहिलो पटक भएको साग तेस्रो पटक नेपालमा हुन लागेको हो। दुई दशकपछि घरेलु मैदानमा प्रतियोगिता हुँदा नेपाली खेलाडी पनि उत्साहित छन्।
" />उसु १३ मंसीरबाट लगनस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा प्रशिक्षण केन्द्रमा हुनेछ।

">