चिलिमे जलविद्युत्ले २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं। चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको आज बसेको २३औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो।

चार अर्ब ७५ करोड ८१ लाख रूपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरणपश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रूपैयाँ पुग्ने छ।

साधारणसभामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रूपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताए।

उनले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरूको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने समेत बताए।

घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधिन आयोजनाहरूको निर्माण कार्य ५० देखि ८५ प्रतिशतसम्म सम्पन्न भएको जानकारी गराए।

चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्