काठमाडौं । दशैंतिहारको उपलक्ष्यमा नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई १५ करोड सहुलियत ऋण बाँड्ने भएको छ । प्रहरीले कल्याण कोषको रकमबाट आफ्ना कर्मचारीलाई चाडपर्वमा सवारी साधनदेखि माइक्रो ओभनसम्म खरिद गर्न ऋण दिन लागेको हो ।
प्रहरी कल्याण कोष सञ्चालक समितिको निर्णयका आधारमा सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतका लागि हलुका सवारी र सकल दर्जाका कर्मचारीका लागि मोटरसाईकल, स्कुटर, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज लगतयतका लागि सहुलियत ऋण दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हलुका सवारी(जीप/कार)का लागि १५ लाख, मोटरसाइकलका लागि २ लाख, ट्रेड मिलका लागि १ लाख, ल्यापटप, टिभी, वासिङ मेसिनका लागि ५० हजार र फ्रिज, माइक्रो ओभनका लागि २५ हजारसम्म सहुलियत ऋण प्रदान गर्न लागिएको हो । अधिकतम ६ प्रतिशत ब्याजदर तोकिएको छ । प्रहरी कल्याण कोषका लागि यो योजना आजदेखि लागु हुँदैछ ।
" /> काठमाडौं । दशैंतिहारको उपलक्ष्यमा नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई १५ करोड सहुलियत ऋण बाँड्ने भएको छ । प्रहरीले कल्याण कोषको रकमबाट आफ्ना कर्मचारीलाई चाडपर्वमा सवारी साधनदेखि माइक्रो ओभनसम्म खरिद गर्न ऋण दिन लागेको हो ।हलुका सवारी(जीप/कार)का लागि १५ लाख, मोटरसाइकलका लागि २ लाख, ट्रेड मिलका लागि १ लाख, ल्यापटप, टिभी, वासिङ मेसिनका लागि ५० हजार र फ्रिज, माइक्रो ओभनका लागि २५ हजारसम्म सहुलियत ऋण प्रदान गर्न लागिएको हो । अधिकतम ६ प्रतिशत ब्याजदर तोकिएको छ । प्रहरी कल्याण कोषका लागि यो योजना आजदेखि लागु हुँदैछ ।
">